धूर्त बिरालो र मुसाहरू

0
214

 एउटा धूर्त बिरालो आफू साधु बनेको र मुसा खान छाडेको कसम खाएर मुसाहरूसँग संगत गर्न थाल्यो । त्यसले अब मुसा नखाने भनेको सुनेर दङ्ग परेका मुसाहरूले चेतना गुमाएरै विश्वास गरे। मुसासँग संगत गर्न थालेको बिरालो मोटाउँदै आयो। उता मुसाहरूको संख्या पनि दिनदिनै घट्दै जान थाल्यो । पछाडितिरको एउटा-एउटा गर्दै मुसा हराउने गरेको थाहा भयो । अब मुसा खाने बिरालाको घाँटीमा घण्टी बाँध्ने समय आयो!

म पनि मुसाहरूकै पंक्तिमा थिएँ। बिठम्बना, चरित्र बदलेको नाटक गर्ने त्यस बिरालाको घाँटीमा घण्टी बाँध्न मैले र केही साथीहरूले खोजेका मात्रै के थियौं, धेरै मुसाहरू हामीमाथि नै खनिए! “बिरालो साधु हो!” तिनले नारा घन्काइरहे। हामीले बलियो मन गरेर लम्पसारवादी मुसाहरूको साथ छाड्नु नै उचित हुन्थ्यो। त्यसैले सुरक्षित स्थानको खोजीमा हामीले अलग्गै बाटो समात्यौँ। तर ती मुसाहरूले हामीलाई ‘साधु बिरालोलाई सिध्याउने षड्यन्त्र रच्ने “गिरोह” र त्यसको एकछत्र राज्यबिरूद्ध विद्रोह गर्ने “धुन्धुकारी” भनेर हामीलाई गर्नुसम्म बदनाम गर्ने दुस्साहस गरे!

अहिले … बिरालाको चरित्र उदाङ्गो भएको छ। मुसाहरू पनि संख्यामा कम पर्दै गइसके! ती हारगुहार गर्दै भागाभाग भएका छन्। तर अझै पनि त्यस धूर्त बिरालोको सङ्गतमा नआएका तर बिरालो साधु भयो भन्ने सुनेर दङ्गदास भएका मुसाहरू अर्धचेतमा ढुक्क देखिन्छन् । तिनीहरू ज्यान जोगाउन दौडधुप गरिरहेका आफन्त मुसाहरूको अत्याश अझै बुझिरहेका छैनन् । कति त बिरालो साधु नै हो भन्न अघिसर्दैछन्।

नियति…

भेडाको छाला ओढेर भेडा खाने ब्वाँसो र साधुको कण्ठी बाँधेर अहिंसावादी बनेको कसम खाने बिरालो उस्तै हुन्, उस्तै रहन्छन् ! #नियति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here