देश कसरी बनाउने?

0
189

नारा र भाषणले पुग्दैन, देशमा परनिर्भरता अन्त्य गर्न र सर्वाङ्गीण विकासमा स्थानीय जनताको सहभागिता सुनिश्चित गर्नका लागि निम्नानुसार व्यवस्था अनिवार्य-तत्काल लागू गर्नुपर्छ: 
१) देशको आर्थिक प्रशासनमा भएका लम्पट कर्मचारीलाई तह लगाउने काम गरियोस्!
२) मुलुकमा सानोतिनो व्यवसाय गर्नका लागि कम्पनी दर्ताको प्रक्रिया सहज गराइयोस्!
३) कम्पनी नवीकरणका लागि एकभन्दा बढी टेबुल चहार्नुपर्ने झन्झट तुरुन्तै हटाएर अनलाइन प्रविधिको प्रयोग गरी घरबाटै कम्पनी दर्ता, कर चुक्ता र नवीकरण गर्न सकिने व्यवस्था गरियोस्!
४) संयुक्त लगानी गर्न चाहने व्यवसायीहरूका लागि साझेदारी नियमावली बनाई लागू गरियोस्!
५) नेता र कर्मचारीका नातागोता वा राजनीतिक प्रभावका आधारमा ऋण र अनुदान उपलब्ध गराउने अहिलेको भ्रष्ट प्रथाको अन्त्य गरियोस्!

६) उद्योग , व्यवसायलाई उत्प्रेरित गराउँदै साना तथा मझौला उद्यमी-बिमाको व्यवस्था अनिवार्य लागू गरियोस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here