यहाँ न्यायको चेत हराएको छ,
शान्तिको सोच सकिनुअघि बोल् ।
भ्रष्ट चरित्रको दादागिरी बढ्दै गएको छ,
अत्याचारले घाँटी थिच्नुअघि बोल्।
अभावको असर अचाक्ली बढेको छ,
महङ्गीले कम्मर थलिनुअघि बोल्।
परिवर्तन परपर भाग्दै जान थालेको छ,
ज्यानमा जाँगर हराउनुअघि बोल्।
आन्दोलनको पारो फेरि चुलिएको छ,
उन्नतिको आशा सेलाउनुअघि बोल्।
दुर्जनहरूले देश लुट्नसम्म लुटिरहेका छन्,
देशै जनताशून्य – उजाड हुनुअघि बोल्।
#शब्द_सन्देश
