देशमा अनुमान विज्ञहरू धेरै भए
फतौरेहरूले देश बनाउँदैछन् कि बिगारे?
गफैगफमा देश कति बन्योबन्यो,
कहिले देश सिङ्गापुर बनाइयो
देश कहिले स्वीट्जरल्यान्ड बन्यो,
जापान, युरोप अमेरिकातिर
चियागफमा देश घुमिरहेको छ!
काम गरेर देखाउने कति होलान्?
ढुङ्गा फुटाउने र बोक्नेहरू
खनजोत गर्ने र गोडमेल गर्नेहरू
गाई दुहुनेहरू र अन्न फलाउनेहरू
अन्वेषण गर्नेहरू र सिर्जना तुल्याउनेहरू
ज्ञान खोज्नेहरू र प्रविधि सिक्नेहरू
सबैलाई हाँसोका पात्र बनाएर
सबैसबैलाई परदेशतिर लखेटेर …
भाषणहरूमा, दर्शनहरूमा
देश बेचिखाने गफाडीहरू नेता बने…
ए आफूलाई कार्यकर्ता भनाइनेहरू हो,
तिम्रो-हाम्रो देश कता हरायो ?
उठ, देश खोज्न जाऔँ अब!!
#JPN #PaM
